site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीको बजेटमा सरकारले प्राथमिकता भुल्यो : आङ्बो
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

विराटनगर । कोसी प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले चालु खर्च बढ्नुपर्ने कारण नभएको भन्दै सरकार (अर्थमन्त्री) अनावश्यक उदार देखिएको बताएका छन् ।

कोसी सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ का निम्ति ल्याएको बजेटका विषयमा प्रतिक्रिया दिँदै उनले सरकारको कुनै प्राथमिकता नदेखिएको उल्लेख गरे । उनले भने, “आफ्नो प्राथमिकता के हो भन्ने नै सरकारले भुलेको देखियो ।”

Prabhu Bank
Agni Group
NIC Asia

आङ्बो सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हुन् । “पूर्वाधारमा बजेट घटाउँदा कि सामाजिक क्षेत्र जस्तै – शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, युवा, खेलकुद, ज्येष्ठ नागरिक, सीमान्तकृतको विकास वा आर्थिक विकासको क्षेत्र – उद्योग, पर्यटन, कृषिमा बजेट बढाउनुपर्थ्यो,” उनले भने ।

प्रदेश सरकार बनेदेखिकै यसपालि कृषि र पर्यटनमा सबैभन्दा कम बजेट विनियोजन गरिएको आङ्बोले सुनाए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement