site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आगामी वर्षको बजेटले अर्थतन्त्रलाई सुधार्न सक्दैन : सांसद जबरा

काठमाडौं । राप्रपाका सांसद पशुपतिशमशेर जबराले आगामी आर्थिक वर्षको बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अर्थ मन्त्रालय शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले जीडीपीको वृद्धिदर सुस्त रहेको, मुद्रास्फिती उच्च रहेको र बेरोजगारी बढ्दो क्रममा रहेको अवस्थालाई मध्यनजर नगरी बजेट ल्याइएको बताए । 

सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूले यसको प्रभावलाई कम गर्न उपायहरू सुझाइरहेको भए पनि त्यसअनुसार बजेट नआएको भन्दै उनले जनताको क्रयशक्ति धेरै घटेको बताए । आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने भन्ने योजना बजेटमा नरहेको उनको भनाइ छ । 

“जम्मै जिडिपीको वृद्धिदर सुस्त छ । मुद्रास्फिती उच्च छ । बेरोजगारी बढ्दो छ । महत्त्वपूर्ण राजस्वमा चुनौतीहरू छन् । सरकार र अन्तर्राष्ट्रिय साझेदारहरुले यसको प्रभावलाई कम गर्न उपायहरु सुझाइ रहेका छन् । तर सुधार प्रक्रिया सुस्त छ । र संरचनात्मक समाधान गर्नु र आर्थिक वृद्धिको लचिलोपन सुधार गर्नुमा निर्भर हुनेछ,” उनले भने, “यसले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन । जनताको क्रयशक्ति स्वात्तै घटेको छ । सरकारले अहिलेको आर्थिकमन्दीलाई सम्बोधन गरेको देखिएन । आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन ।”

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro