site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वित्तीय समानीकरणको बजेट माग गर्दै अर्थ मन्त्रालय पुगे स्थानीय तहका प्रतिनिधि
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय तहहरूले वित्तीय सामानीकरणको बजेट कटौती गरिएको भन्दै त्यो तुरुन्त पठाउन संघीय सरकारसँग माग गरेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदान संघीय सरकारले काटेपछि स्थानीय तहहरूलाई निकै समस्या परेको भन्दै त्यो बजेट पठाउन माग गरिएको हो ।

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी संयुक्त रूपमा आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उक्त माग गर्दै पुगे । बजेट काटिएपछि स्थानीय तहले निर्माण व्यवसायी र उपभोक्तालाई रकम भुक्तानी गर्न नसकेको उनीहरूले गुनासो गरे । स्थानीय तहको उक्त समस्यालाई बुझ्न उनीहरूले संघीय सरकारलाई आग्रह गरे ।

नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले वित्तीय समानीकरणको बजेट काट्नु स्थानीय सरकारलाई कमजोर बनाउनु भएको सञ्चारकर्मीसँग बताए । यसो गर्नु संघीयता र संविधानको विरुद्धमा लाग्नु भएको उनको भनाइ छ ।

सरकारले आफूहरूका माग तुरुन्तै सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । कटौती गरिएको अनुदान नपठाइए आन्दोलन गर्ने उनले चेतावनी पनि दिए ।

“...अर्थमन्त्रीज्यूले हामीलाई सम्बोधन गर्नुहुन्छ र यति दिनभित्रमा तपाईंहरूको पैसा रिलिज गरिदिन्छौँ भनेर रिलिज गरिदिनुहुन्छ भन्ने हामीलाई विश्वास छ,” उनले भने, “होइन भने ७५३ वटा नै बन्द गरेर सम्पूर्ण निर्वाचित प्रतिनिधिसहित काठमाडौं आएर बस्नु नपरोस् ! त्यो दिन देख्न नपरोस् !”

उनले अगाडि भने, “संघीयताको नेताको रूपमा रहेका प्रधानमन्त्रीबाट सम्भवतः हाम्रो भावनाविपरीत जाँदैन । यो बजेट काटिनु भनेको संघीयताविरोधी हो । संविधानविपरीत हो । तपाईंहरू ढुक्क हुनुस् भन्नुभएको छ प्रधानमन्त्रीले ।”

यस्तै, गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सरकारले संविधानविपरीत वित्तीय समानीकरणको बजेट काटेको भन्दै उक्त रकम छिट्टै दिइनुपर्ने बताइन् । उनले अनुदान रकम नपाए आफूहरू आन्दोलनमा उत्रिन बाध्य हुने पनि बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro