site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ प्रणालीलाई ट्रयाकमा ल्याउने गरी बजेट आएको छ : देवेन्द्र पौडेल 

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले पछिल्लो १५ वर्षमा केही पनि भएन भन्ने निराशा चिर्ने गरी बजेट आएको बताएका छन् । बजेट असहज स्थितिमा अर्थ प्रणालीलाई ट्रयाकमा ल्याउन र १५ वर्षमा बढ्दो निराशा सम्बोधन गर्नेगरी बजेट आएको दाबी उनको छ । उनले बजेट कार्यान्वयन बाहिर आशंका गरिएभन्दा फरक ढंगबाट कार्यान्वनयमा जान अनुरोध गरे । 

आइतबारको प्रतिनिधिसभाको बैठकमा आगार्मी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले अब देशको समृद्धि सुशासन सामाजिक न्याय मौलिलक हक कार्यानवयन हुँदै समाजवादको बाटो हिँड्ने गरी बजेट आएको दाबी गरे ।  “पछिल्लो चार पाँच वर्ष बजेट लयमा हिँडेको थिएन । अहिलेको बजेट त्यसलाई लयमा हिँडाउने गरी आएको छ,” उनले भने ।

२० खर्बको आसपास बजेट आउँदा बजेटले गति लिन्छ भन्ने लागे पनि अर्थमन्त्रीले १८ खर्बमै बजेट रोक्नु उपलब्धि भएको उल्लेख गरे । दुई खर्ब वैदेशिक र आन्तरिक ऋणबाट तीन खर्ब ऋण जुटाउने भनि किटान गरी ल्याएको बजेट कार्यान्वयनको बाटोमा हिँड्ने विश्वास व्यक्त गरे । 

बजेट बनाउँदा अहिलेको चित्र हेरेर खुम्चिएर अघि बढ्ने भए केही पनि गर्न नसकिने उनको भनाइ छ । समस्याका बाबजुद बजेटले लिएको लक्ष्य सकारात्मक भएको उनको दाबी छ । बजेटमा ल्याइएको नाराले पनि सकारात्मक भूमिका खेलेको उनको भनाइ छ । 

“हामी अध्यारोमा हराएका थियौं, विभिन्न क्षेत्रहरूमा गोरेटो भेटिएको छ,” उनले थपे । उनले आर्थिक रूपमा विकराल बनेको स्थितिमा ६ प्रतिशतको आर्थिक वृद्धिदर लिनु भनेको तुलनात्मक रूपमा सन्तुलित भएको टिप्पणी गरे । 

उनले पुराना योजना, बीचमा अल्झिएका योजना र भवनहरू हेरेर सम्पन्न गर्ने बाटोमा अघि बढ्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । भएका योजनाहरू बेवारिसे अवस्थामा नछोड्न र अल्झिएर बसेका योजनाहरूको लगानी डुब्ने वातावरण नबनाउन पनि अनुरोध गरे ।
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro