site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१७ लाख पुग्यो छाप्न बाँकी स्मार्ट लाइसेन्स कार्ड, विभागसँग छ १२ लाख मात्रै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । यातायात व्यवस्था विभागले छाप्न बाँकी रहेका स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को संख्या १७ लाख नाघेको जनाएको छ । 

विभागका अनुसार ट्रायल पास गरिसकेका १७ लाखभन्दा बढी सेवाग्राहीको लाइसेन्स कार्ड छाप्न बाँकी छ । विभागले जर्मनीको म्युहलबाअर कम्पनीबाट १२ लाख स्मार्ट लाइसेन्स कार्ड खरिद गरेर नेपाल ल्याइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले तीमध्येका केही कार्ड छापेर परीक्षणका लागि जर्मनी नै पठाइएको छ । परीक्षणको रिपोर्ट आइसकेपछि कार्ड भनेअनुसारको देखिएमा पूर्णरूपमा छपाइ सुरु हुने विभागले जनाएको छ ।

“परीक्षण भएर आइसकेपछि पूर्णरूपमा कार्ड छाप्न सुरु हुन्छ । बाँकी सबै कुरा अहिले तयार छ, केही दिनमा परीक्षणका लागि गएको कार्ड नेपाल आउँछ,” विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने ।

Global Ime bank

विभागसँग लाइसेन्स छाप्नका लागि मद्रास सेक्युरिटी प्रिन्टर्सबाट खरिद गरेको एउटा मात्रै प्रिन्टिङ मेसिन छ । थप अर्काे प्रिन्टिङ मेसिन पनि खरिद गर्नका लागि तयारी गरिरहेको छ ।

छापेर वितरण गर्नुपर्ने १७ लाख कार्ड छ भने हाल १२ लाख कार्ड मात्रै विभागसँग उपलब्ध छ । त्यसैले मेसिनसँगै सेवाग्राहीलाई वितरण गर्न थप स्मार्टकार्ड समेत विभागलाई आवश्यक पर्ने देखिन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले नै लामो समयदेखि लाइसेन्स छाप्ने काम प्रदेश सरकारलाई नै दिनुपर्ने भन्दै आएको छ तर, त्यसो हुन सकेको छैन । त्यसका लागि प्रदेश र विभाग दुवैले एकापसमा समन्वय नगरेको आरोप लगाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय