site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा चिनियाँ ईभीको बर्चश्व, आयात हुने आधाभन्दा बढी चीनकै

काठमाडौं । नेपालमा विद्युतीय गाडी (ईभी)को प्रयोग आक्रामक तरिकाले बढ्दै गएको छ ।

विगतका वर्षहरुको तुलनामा चालु आर्थिक वर्षको फागुन महिनासम्म तेब्बरबढी ईभी आयात भएका छन् । नेपाल आयत हुने गरेका आधाभन्दा बढी ईभी चीनबाटै आयात हुने गरेका छन् ।

हुनत चीन विश्वकै ठूलो ईभी निर्माता पनि हो । हाल विश्व बजारमा ६० प्रतिशत भन्दा लिथियम आयन ब्याट्री उत्पादन गर्नेमा चीन छ ।  दोस्रोमा जर्मनी र तेस्रोमा मात्रै अमेरिका छ । नेपालमा चीनबाट ईभी धेरै भित्रिने मात्र नभएर चिनियाँ ईभी ब्रान्डकै उपस्थित अन्य मूलुकको भन्दा बढी छ ।

कुन–कुन चिनियाँ ईभी ब्रान्ड छन् नेपालमा ?

नेपालमा सबैभन्दा बलियो उपस्थिति बनाएको चिनियाँ ईभी ब्रान्डमा बीवाईडी पर्छ ।  बीवाईडीलाई साइमेक्स इंकले नेपाल भित्र्याएको हो । बीवाईडीका चार मोडल हाल नेपालमा उपलब्ध छन् । सीजी मोटर्सले नेपाल भित्र्याएको नेटा, केवाईसी चेङगेङ र किङ लङ पनि चिनियाँ ईभी ब्रान्ड हुन् । 

चिनियाँ अटोनिर्माता जीएसीको ईभी ब्रान्ड आयोनसमेत सीजी मोटर्सले नेपाल भित्र्याएको छ ।

यस्तै चिनियाँ अटो ब्रान्ड चेरीको ईभी सबब्रान्ड ओमोडा पनि एसपीजी अटोमोबाइल्सले नेपाल भित्र्याएको छ । चिनियाँ वुलिङ ब्रान्डको बजेटमैत्री ईभी गाडीहरु पनि नेपालमा उपलब्ध छन् । ईभी नेपाल मोटर्सले यो ब्रान्ड नेपाल भित्र्याएको हो ।

नेपालमा उपलब्ध यी चिनियाँ ईभी ब्रान्डको बजार विस्तार भइरहँदा नयाँ ब्रान्ड भित्रिनेक्रम पनि जारी छ ।

कुन वर्ष कति भित्रिए चीनबाट गाडी ?

चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन मसान्तसम्म नेपालमा ६ हजार ४३५ विद्युतीय गाडी भित्रिएका छन् । यसको आधा भन्दा बढी ३ हजार ९६९ गाडी चीनबाट आयात भएको छ ।

चीनबाट आयातित १० अर्ब ८६ करोड ४ लाख ५३ हजार रुपैयाँका गाडीबाट सरकारले ५ अर्ब २० करोड २८ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा कुल ४ हजार ५० विद्युतीय गाडी नेपाल भित्रिएका थिए । यीमध्ये १ हजार ३७१ गाडी चीनबाट आयात भएको छ ।

४ अर्ब ११ करोड ३६ लाख १९ हजार आयात मूल्यका गाडीबाट सरकारले १ अर्ब १८ करोड ७७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ८०७ ईभी आयात भएका थिए । यीमध्ये ८२३ गाडी चीनबाट आयात भएका थिए ।

२ अर्ब ४५ करोड १ लाख ३० हजार आयात मूल्य भएका ती गाडीबाट सरकारले ७० करोड ७८ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा २४९ ईभी आयात भएका थिए । चीनबाट १४० गाडी भित्रिएका थिए ।

२६ करोड ६७ लाख ८७ हजार आयात मूल्यका ती गाडीबाट सरकारले १७ करोड ९९ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा कुल ५७५ गाडी आयात भएका थिए । जसमा चीनबाट २३६ ईभी भित्रिएका थिए ।

ती गाडीको आयात मूल्य ६७ करोड ४० लाख ६१ हजार थियो भने सरकराले १६ करोड ३० लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro