site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमभित्रको आर्थिक अनियमितता र भ्रष्टाचार अन्त्य गर्न मन्त्रालय दृढ : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । सांसद प्रेम सुवालले नेपाल वायुसेवा निगमभित्रको आर्थिक अनियममिता, भ्रष्टाचार र पक्षपात अन्त्य नगरी व्यवस्थापन करार गर्न खोज्नु सरकारले आफ्नो असक्षमता होइन ? प्रश्न भन्दै प्रश्न गरेका थिए । 

Dabur Nepal
NIC Asia

यसको जवाफ दिँदै मन्त्री तामाङले भने, “व्यवस्थापन करार भनेको बिक्री होइन । मन्त्रालयले निगमको सारभूत परिवर्तनका लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको हो । निर्णयमा पुग्नुअघि व्यापक छलफल हुने नै छ ।” उनले निगम सम्बन्धमा मन्त्रायलबाट चालिने हरेक निर्णय पारदर्शी र राष्ट्रियहितमा हुने बताए । ढाकछोप गर्ने कुनै कुरा नभएको उनले बताए ।

यस्तै, सांसद् सुवालले दुर्गमको हवाई टिकटमा कालोबजारी हुनु गरेको भन्दै जवाफ मागेका थिए । मन्त्री तामाङले जवाफमा हवाई टिकटमा कालोबजारी हुनुहुँदैन भन्ने मन्त्रालयको स्पष्ट र निर्देशन पनि दिएको बताए । “हवाई टिकटमा कालोबजारी हुनुहुँदैन भन्ने मन्त्रालयको स्पष्ट र निर्देशन छ । कालोबजारी भएको बारेमा मन्त्रालयमा कुनै पनि उजुरी र सूचना आएको छैन,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro