site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तस्करी र राजस्व चुहावट नियन्त्रणमा मन्त्रालय निर्मम छ : गृहमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी र राजस्व चुहावट नियन्त्रणमा गृह मन्त्रालय निर्मम भएको बताएका छन् । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सीमा वा विमानस्थलमा जहाँ भए पनि तस्करी र राजस्व चुहावट नियन्त्रणका विषयमा मन्त्रालयले निर्मम भएर काम गरिरहेको उनले उल्लेख गरे । उनले आमनागरिकको शान्ति सुरक्षा आफूहरूको चासोको विषय रहेको बताए ।

उपप्रधानमन्त्री लामिछानेले राजनीतिक भविष्यको पर्वाह नगरी सिंगो देशको हितमा काम गर्ने प्रतिबद्धताका साथ आफूहरू सरकारमा आएको सुनाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro