site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मंगोलियामा आँधीबेहरीको चेतावनी जारी
फाइल तस्बिर ।

उलान बाटोर (मंगोलिया) । मंगोलियाको मौसम विज्ञान र वातावरणीय अनुगमन निकायले सोमबार तीव्र हावा र धुलोको आँधीबेहरीको चेतावनी जारी गरेको छ ।

मंगलबारदेखि शुक्रबारसम्म देशको दक्षिणी गोबी मरुभूमि प्रान्तहरू उम्नुगोवी, डुन्डगोवी र डोर्नोगोवीमा तीव्र हावा र पहेँलो धुलोको आँधी आउने आशंका गरिएको छ । हावाको गति लगभग ६१ किलोमिटर प्रतिघण्टा नाघेको मौसम अनुगमन निकायले जनाएको छ ।

निकायले सर्वसाधारणहरूलाई सम्भावित प्रकोपविरुद्ध अतिरिक्त सावधानी अपनाउन चेतावनी दिएको छ ।  मंगोलियामा कठोर महाद्वीपीय जलवायु भएकाले वसन्तमा हिउँ पर्ने तीव्र हावा र धुलोसहितको आँधीबेहरी आउने सम्भावना बढी हुन्छ ।

वातावरण तथा पर्यटन मन्त्रालयका अनुसार हालैका वर्षहरूमा मंगोलियामा धुलोसहितको आँधीबेहरीको बढ्दो आवृत्तिको पछाडि जलवायु परिवर्तनसँग सम्बन्धित मरुभूमिकरण मुख्य कारक हो ।

मंगोलियाको सरकारी तथ्यांकअनुसार मंगोलियाको कुल क्षेत्रको करिब ७७ प्रतिशत जमिन मरुभूमिकरण र वातावरणीय विनासको असरबाट प्रभावित छ ।  रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro