site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धोका दिएका प्रचण्डलाई जनता र नेतृत्वले चाँडै जवाफ दिनेछन् : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुुर खड्काले गठबन्धन तोड्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जवाफ दिइने बताएका छन् । प्रचण्ड सरकारमा उपप्रधान तथा रक्षामन्त्री भएर काम गरेका उनले निर्वाचनको म्यान्ड‍‍ेट अनुसार जनतालाई पनि प्रचण्डले राजनीतिक रूपमा ठूलो धोका दिएको आरोप लगाए ।

आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले प्रचण्डले समय आएपछि जनता र राजनीति नेतृत्वबाट जवाफ पाउने चेतावनी दिए ।

Dabur Nepal
NIC Asia

“यसपटक नेपाली कांग्रेसलाई मात्र होइन, निर्वाचनका बेला मतदातालाई दिएको वचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिकरूपमा ठूलो धोका भएको छ,” उनले भने, “जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ ।” 

उपसभापति खड्काले निर्वाचनका बेला संविधानले जनतालाई दिएको अधिकार कार्यान्वयन गर्ने, आवश्यक कानुन निर्माण गरेर संघीयता कार्यान्वयन गर्ने, पाँच वर्षमा आम मतदातालाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने बाचा गरेर जनतासँग मत मागिएको स्मरण गरे । तीन तहका सरकार बनाउँदा जनतासँग गरिएका वाचाका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले जनताको शिर नझुक्ने गरेर काम गरेको दाबी गरे ।

“एघार महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौँ,” उनले भने, “बाँकी कुराहरू समयक्रममा राख्दै जाउँला ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro