site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–३ स्थितमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–१ की ६० वर्षीया धनमाया खतिवडा छिन् । दुर्घटनामा घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

Argakhachi Cement Island Ad

सोमबार बेलुका इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प. १२१५ नम्बरको मोटरसाइकलले बाटो काट्दै गर्दा ठक्कर दिएको थियो । 

ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्