देश

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।
सोमबार विभागको कार्यालय मीनभवनमै पुगेका क्रान्तिकारी युवा संगठनले रिजालमाथि दुर्व्यवहार गरेका हुन् । उनीमाथि लाइसेन्स घोटाला प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै दुर्व्यवहार भएको हो ।
दुर्व्यवहार गर्ने युवाहरूको खोजी भइरहेको बानेश्वर प्रहरी वृत्तका डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८० १२:३४
प्रतिक्रिया दिनुहोस्