site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१६औँ योजना तर्जुमा फागुन दोस्रो साता

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजनाको अन्तिम मस्यौदा फागुन दोस्रो साता मात्र तयार पार्ने भएको छ ।

माघ तेस्रो हप्ता सुझावसहितको योजनाको अन्तिम मस्यौदा तयार गरी स्वीकृतिका लागि पेस गर्ने भनिए पनि केही समय ढिला हुने भएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले केही अध्ययन प्रतिवेदनहरू सार्वजनिक गर्ने तयारी गरेकाले ती तथ्यांकहरूलाई समावेश गर्न योजना तर्जुमाको कार्य केही समय पछाडि धकेलिने बताइएको छ ।

अवधारणा पत्रमा १६औँ योजनाको तर्जुमा माघ मसान्तसम्म गर्ने भनिएको थियो । तर, तथ्यांक कार्यालयले गरिबीसम्बन्धी र ड्रेडसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेकाले त्यसले समय केही पछाडि धकेलिएको बताइएको छ ।

तथ्यांक कार्यालयले प्रतिवेदन सार्वजनिक गरेपछि आयोगले १६औँ योजनामा समावेश गर्ने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro