site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेश जानेको संख्या घट्यो, ६ महिनामा साढे तीन लाखले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो ।

विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

Argakhachi Cement Island Ad

“पुसमा ६५ हजार ८१३ जना नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो,” उनले भने ।

चालु आवको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मंसिर र पुसमा भने बढेको विभागको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्