अर्थ व्यवसाय

काठमाडौं । सीजी मोबाइलले आफ्नो फिचर फोन विधामा नयाँ मोडल थप गरेको छ । एस्ट्रो टी १८ लाई धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ ।
सि. जी. मोबाइलस्ले ग्राहकको चाहना अनुसार यसलाई बजारमा ल्याएको जनाएको छ । यसमा ८ जीबी मेमोरी थप्न सकिने कम्पनीले जनाएको छ । यो मोबाइलको थप विशेषता भनेको यसको छेउबाट नै टर्च बाल्न र निभाउनको लागि एउटा छुट्टै बटन रहेको छ । यस मोडलकोे बजार मूल्य रू. १ हजार ९९ तोकिएको छ । यो मोबाइल तीन रङमा उपलब्ध छन् ।
कम्पनीलाई अझै बढी विश्वासीलो र भरपर्दाे बनाउन यो नयाँ मोडलमा १०० दिनको सटही नीतिको साथ ल्याइएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४ १८:४४
प्रतिक्रिया दिनुहोस्