site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजतन्त्र राँकेभूत मात्र हो, जनताको असन्तुष्टि सम्बोधन गरौँ : बाबुराम
फाइल तस्बिर ।

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र ‘राँकेभूत’ मात्र भएको भन्दै त्योसँग डराउनु नपर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा डा. भट्टराईले जनतामा देखिएको असन्तुष्टि भने तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

“राजतन्त्रको मुद्दा फस्फोरसबाट ह्वार्र आगो देखाएर राँकेभूत भनेजस्तो मात्र हो,” डा. भट्टराईले भने, “राजतन्त्र अब फर्किंदैन । तर, जनतामा देखिएको असन्तुष्टि मुख्य चिन्ताको विषय हो । सरकार ६ महिना, वर्ष दिनमा परिवर्तन हुने कुरा सम्बोधन गर्न आवश्यक छ । जनताको अवस्थामा सुधार हुन नसक्ने कुरातर्फ सबै दलले चिन्ताको विषय बनाउन आवश्यक छ ।”

उनले भारतसँगको सम्बन्धलाई लिएर राष्ट्रवादी बन्ने राजनीति पनि बन्द गर्नुपर्ने बताए ।

“भारत हाम्रो छिमेकी मित्र हो । उससँगको सम्बन्धमा कडा टिप्पणी गरेर राष्ट्रवादी बन्ने राजनीति बन्द गर्नुपर्छ,” उनले भने, “बीपीलाई हामीले राष्ट्रघाती दलाल भनेका होइनौँ ? आखिरमा सबैभन्दा राष्ट्रवादी त उहाँ नै हुनुहुँदो रहेछ । आज गुणगान गाएर हुन्छ र ?”

बीपी कोइरालालाई जस्तै विगतमा पुष्पलाललाई पनि दलाल भनिएको भन्दै उनले त्यसले भन्नेहरूलाई नै पश्चात्ताप भएको बताए ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro