site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीनजना नेता भेट्यो भने राजावादीको टाउको दुख्छ : ओली 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्नासाथ राजावादीहरूको टाउको दुख्ने गरेको बताएका छन् । 

सोमबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले राजावादीको टाउको दुख्छ भनेर आफूहरू छलफल र सहकार्य गर्न नछोड्ने बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“तीनजना नेता भेट्यो कि उनीहरू (राजावादी)को टाउको दुख्छ, सामाजिक सञ्जालमा लेख्न थालिहाल्छन्, उनीहरूलाई चिन्ता लाग्छ– राजतन्त्र फर्कन दिँदैन कि क्या हो ?,” ओलीले भने, “हो त हाम्रो कपाल त्यसै फूलेको छ ?” 

उनले ज–जसको टाउको दुखेपनि लोकतान्त्रिक गणतन्त्रमा आफूहरूको सहमति रहिरहने बताए । उनले गठबन्धनका कारण स्वस्थ प्रतिस्पर्धा हुन नसकेको भन्दै प्रतिस्पर्धा स्वस्थ बनाउन नेपाली कांगेसको प्रतिबद्धता चाहिएको बताए । 

“लोकतान्त्रिक गणतन्त्र– यसमा हामी एक छौँ, हुनुपर्छ । शान्तिका सन्दर्भमा हामी एक छौँ, एक हुनुपर्छ । सामाजिक न्याय र समानताका लागि एक छौँ, हुनुपर्छ,” ओलीले भने, “हाम्रा इन्स्टिच्युसनहरू (संस्थाहरु) सबल र सक्षम बनाउने विषयमा भएका कमजोरी हटाउन पनि एक हुनुपर्छ ।” 

उनले संवैधानिक निकाय र अन्य संस्थालाई सरकारको निजी सम्पत्ति बनाउन नहुने बताए । उनले आफ्ना भर्ना गर्दा खुरुखुरु गरेर अरुका नाम आउनासाथ भागवण्डाको कुरा गर्न सरकारमा बस्नेले बन्द गर्नुपर्ने बताए । “योग्य मानिसहरूबीच खुला प्रतिस्पर्धा गरौँ, छलछाम नगरौँ,” ओलीले भने ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्