site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. जोशीलाई लघुकथा पुरस्कार प्रदान   

भक्तपुर । नेपालभाषाका कवि तथा लघुकथाकार डा. आनन्द जोशीलाई यस वर्षको ‘याताज श्यामविश्व पुरस्कार’ प्रदान गरिएको छ । 

याताजद्वारा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि पुष्पराज राजकर्णिकारले २५ हजार ५५५ नगद राशिसहित प्रमाणपत्र प्रदान गरे ।

पुरस्कृत व्यक्तित्व डा. जोशी देशबाहिर रहेकाले उनका प्रतिनिधि विष्णुकेशरी ताम्राकारलाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।

राजकर्णिकारले डा. जोशीका लघुकथामा नयाँ दृष्टिकोण प्रभावकारी रूपमा आएको बताए । सो अवसरमा कवि योगेन्द्र प्रधान, विमल ताम्राकारले बोलेका थिए । 

सो अवसरमा श्याम आशाको लघुकथासंग्रह ‘थ्व देय्’ पनि सार्वजनिक गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro