site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘ग्राउन्ड ह्यान्डलिङ’ खोस्न खोजेको भन्दै ९ दिनदेखि कर्मचारी आन्दोलित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारी ९ दिनदेखि निरन्तर आन्दोलनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट गर्ने निर्णय गरेसँगै कर्मचारीहरू आन्दोलित भएका हुन् ।  संयुक्त ट्रेड युनियन संघर्ष समिति बनाएर प्राधिकरणविरुद्ध आन्दोलन गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूले ‘नागरिक उड्डयन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णयविरुद्धको धर्ना कार्यक्रम’ लेखेको व्यानर निगमको प्रदेशद्वारमा राखेका छन् । 

“हवाई माफियासँग मिलेर निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ खोस्न खोजेपछि हामीले आन्दोलन गरेका हौँ, उक्त निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्नेछौँ,” निगमको नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष रमेशकुमार पाण्डेले भने ।

Global Ime bank

राष्ट्रिय सुरक्षाका हिसाबले पनि निजी क्षेत्रलाई ग्राउन्ड ह्यान्डलिङ दिन नहुने सार्वजनिक संस्थान तथा प्रशासनिक विद् तथा निगम कर्मचारी युनियनका वरिष्ठ पूर्वउपाध्यक्ष ऋषिकेश पन्थीले बताए ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले एकदमै ठूलो सुरक्षा थ्रेटमा छ । त्यस्तो अवस्था हवाई माफियाको इसारामा विदेशी संस्थालाई दिनु हुँदैन । त्यसले राष्ट्रिय सुरक्षा संवेदनासँग जोडिएको विषयमा खेलवाड गर्न हुँदैन,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement