site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न
SkywellSkywell

काठमाडौं । इस्लिङ्टन कलेजले सन् २०२३ को दीक्षान्त समारोह आयोजना गरेको छ । समारोहमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका छन् ।

कलेजका अनुसार स्नातक तहमा बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन र बीएससी (नर्स) मल्टिमिडिया टेक्नोलोजीका ७१० जना विद्यार्थी सहभागी भएका थिए ।

Dabur Nepal
NIC Asia

यस्तै, स्नातकोत्तर तहअन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका थिए ।

समारोहमा विजनेस विषयमा स्नातक तह गर्ने १४५ र आईटी तह पुरा गर्ने ५६५ विद्यार्थी गरी कुल ७८२ विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।

कलेजले लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट छात्रवृत्तिको लागि दुई उत्कृष्ट विद्यार्थी सन्देश तिम्सिना र आशिष आचार्यलाई छात्रवृत्ति प्रधान गरिएको कलेजले जनाएको छ । यस्तै, आईएनजी छात्रवृत्तिका लागि रोदन महर्जन र मोहम्मद तौसिफ रेजा सम्मानित भएको कलेजले जनाएको छ ।

समारोहमा आईएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो.भाइस चान्सलर नोना म्याकडफल लगायत विशिष्ट व्यक्तित्वको उपस्थितिमा रहेको कलेजले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu