
काठमाडौं । प्राइम एसोसिएट अपोलो इन्फ्राटेक ग्रुपका निर्माणसम्बन्धी उपकरण र प्लान्ट तथा पार्टपुर्जाको आधिकारिक बिक्रेता बनेको छ ।
अपोलो इन्फ्राटेकले अमेरिकाको हाकाइ पेडरशब, इटालीको कार मिक्स, भारतको एपटेक, जर्मनीको जेनिथ र बेलायतको पार्कर प्लान्ट लिमिटेडसँगको सहकार्यमा उत्पादित निर्माणसम्बन्धी उपकरण र पार्टपुर्जा आधिकारिक रूपमा बिक्री वितरण गर्ने बताएको छ ।
अपोलो इन्फ्राटेकले विगत ४० वर्षदेखि नेपाल, भुटान, बंगलादेश, श्रीलंका र विभिन्न अफ्रिकी देशमा आफ्नो उत्पादन बिक्री गर्दै आएको प्राइम एसोसिएटले जनाएको छ ।
अपोलो इन्फ्राटेकसँगको सहकार्यले अत्याधुनिक प्रविधिबाट निर्मित गुणस्तरीय एवं प्रभावकारी निर्माणसम्बन्धी सामग्री उपलब्ध गराउने प्राइम एसोसिएटले जनाएको छ ।