site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमको जहाज खरिदको बोलपत्रमाथि परेको उजुरीमा छानबिन सुरु
Dabur Nepal
NIC Asia

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु गरेको छ । जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कार्यालयमा सोमबार उजुरी परेको थियो । 

उक्त उजुरीमाथि प्रारम्भिक छानबिन सुरु गरिएको कार्यालयका सह–सचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । कार्यालयमा उजुरी परेपछि निगमसँग प्रारम्भिक जानकारी मागेको शर्माले बताए ।
 
“जहाज खरिद प्रक्रियामा अनियमितता भएको र आर्थिक स्रोत स्पष्ट नभएको भन्दै सोमबार उजुरी परेको थियो । त्यसलगतै हामीले के भएको हो भनेर प्रारम्भिक जानकारी मागेको छौं,” उनले भने ।
 
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विमान खरिदका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको छ । निगमले तीन ‘स्टल’ विमान खरिदका लागि ३५ दिने सूचना निकालेको छ । सूचनाअनुसार आउँदो डिसेम्बर ५ तारिखसम्म आवेदन दिइसक्नुपर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro