site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भूकम्पपीडितलाई राहत वितरणमा सरकारको ढिलासुस्ती आपत्तिजनक : खनाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितले राहत नपाएको भन्दै तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

एकद्वार प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भनिए पनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै उनले सरकारको आलोचना गरे । उनले महिला, वृद्धवृद्धा र बालबालिकाले राहत र खानेकुरा नपाएको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।

Dabur Nepal
NIC Asia

सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनासो आइरहेको भन्दै उनले सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले राहत वितरणमा सरकारले देखाएको ढिलासुस्ती आपत्तिजनक रहेको बताए ।

“पश्चिम नेपालमा भूकम्पको दर्दनाक अवस्था छ । यसले सिंगो देशलाई अत्यन्त पाठ सिकाएको छ । त्यहाँ जुन प्रकारको जनधनको क्षति भएको छ, एक हप्ता पुग्न लागेको छ । सरकारले जुन एकद्वार प्रणालीबाट त्यहाँ उद्धार र सेवा कार्य गर्ने भनेको छ, तर आजसम्म पनि सामान्यभन्दा सामान्य सुत्केरीले पनि पालसम्म पाएका छैनन्,” उनले भने, “यो यदि सत्य हो भने दर्दनाक कुरा हो, दुःखद कुरा हो । सरकार किन ढिला भइरहेको छ ? यस्तो इमर्जेन्सी कुरामा सरकारले जुन प्रकारको ढिलाइ गरेको छ, यो अत्यन्त आपत्तिजनक कुरा छ । हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति जनाउन चाहन्छु । अविलम्ब ती पीडित जनतालाई राहत पुर्‍याउन आग्रह गर्दछु । ढिला नहोस् भनेर चेतावनी दिन चाहन्छु ।”

पूर्वप्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro