site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्री श्रेष्ठ छेन्दुतर्फ
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दुतर्फ प्रस्थान गरेका छन् । मंगलबार बिहान उनी बेइजिङबाट त्यसतर्फ गएका त्यहाँस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

गएको असोज २९ गते गृहमन्त्री श्रेष्ठ तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन बेइजिङ पुगेका थिए । बेइजिङमा रहँदा तेस्रो बीआरएफको उद्घाटन समारोहमा उनी सहभागी भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले हरित विकाससम्बन्धी उच्चस्तरीय फोरम ‘प्रकृतिसँग सद्भावका निम्ति हरित सिल्क रोड’मा सम्बोधन गरेका थिए । चीनमा उनले विशिष्ट व्यक्तिहरूसित भेटवार्ता समेत गरेका थिए ।

चीन भ्रमणकै क्रममा उनलाई हृदयाघात भएको थियो । यही कात्तिक २ गते उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्योपचारपछि उनी सोमबार (हिजो) अस्पतालबाट ‘डिस्चार्ज’ भएका थिए ।

Global Ime bank

चीन भ्रमण पूरा गरी गृहमन्त्री श्रेष्ठ बुधबार (भोलि) स्वदेश फर्कने दूतावासले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  १९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय