site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकार मुलुकका समस्याप्रति गम्भीर बनेन : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार मुलुकका समस्याप्रति गम्भीर नबनेको आरोप लगाएका छन् ।

आइतबार बुटवलमा प्रेस चौतारीले गरेको कार्यक्रममा उनले देशमा बेथिति र समस्याका चाङ हुँदा समेत सरकारको ध्यान सत्ता टिकाउनकेन्द्रित भएको टिप्पणी गरे ।

ऋण गरेर कर्मचारीलाई तलब खुवाउनुपर्ने स्थिति र निर्माण सकिएका आयोजनाको भुक्तानी गर्न नसकेको अवस्थाप्रति सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादाविपरीत दलको नेता भएर काम गर्न नहुने बताए । सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउन खोजेको उनको भनाइ छ ।

धार्मिक र साम्प्रदायिक सद्भाव खलबलाउने प्रयासविरुद्ध सचेत बन्नुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro