देश
काठमाडौं । यही असोज १६ गतेको बझाङ भूकम्पका कारण आठ स्वास्थ्य संस्थामा पूर्ण क्षति पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ स्वास्थ्य संस्थामा सामान्य क्षति पुगेको छ ।
स्वास्थ्य सेवा प्रवाहमा भने कठिनाइ नदेखिएको मन्त्रालयले जनाएको छ ।
गएको मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता कैयौँ परकम्प मापन गरिएको छ ।
उक्त भूकम्पपछि गएको पहिरोमा परी एक महिलाको मृत्यु भएको थियो । बझाङसहित सदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति पुगेको छ । मानिस घाइते समेत भएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० १२:२५
प्रतिक्रिया दिनुहोस्