site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फोनपेको नयाँ ‘सुपरयात्रा’ अभियान, म्याकबुक एयर जित्ने मौका

काठमाडौं । फोनपे ले ‘फोनपे सुपरयात्रा’ नामक नयाँ अभियान सञ्चालन गरेको छ । उक्त अभियानको उद्देश्य मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकेट खरिद गर्दा ग्राहकहरुबीच डिजिटल भुक्तानीको सहजतालाई झल्काउनु रहेको कम्पनीले उल्लेख गरेको छ ।

‘सुपरयात्रा’ अभियान असोज १७ देखि कात्तिक ११ सम्म लागु हुनेछ । अभियानअन्तर्गत एक भाग्यशाली ग्राहकले उपहार स्वरुप म्याकबुक एयर प्राप्त गर्ने छन् । अतिरिक्त लाभको रूपमा, नयाँ ग्राहकहरूले प्रोमो कोड SUPERYATRA200 प्रयोग गरी आफ्नो पहिलो एयरलाइन टिकट खरिद गर्दा २०० रुपैयाँसम्म क्यास ब्याकको मजा लिन सक्ने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

अभियानमा सहभागी हुन ग्राहकहरुले तोकिएको समयावधिमा मोबाइल बैंकिङ एपमार्फत कम्तीमा एउटा एयरलाइन टिकट खरिद गर्नुपर्नेछ ।

अभियानले मोबाइल बैंकिङ एपमार्फत एयरलाइन टिकटहरू खरिद गर्ने सहजतालाई मनाउनुको साथसाथै यस चाडपर्व समयमा अधिकांश ग्राहकहरुको यात्रामा थप ऊर्जा थप्ने लक्ष्य पनि राखेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro