देश
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादीखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका दुईजना अझै भेटिएका छैनन् ।
बेपत्ता भएकाहरूको आइतबार प्रहरीसहितको टोलीले खोजी कार्य जारी गरिएको छ ।
शनिबार कुश्मा नगरपालिका–८ को मोदीखोला र तमादीखोलाको दोभानमा बाढीले जीपसँगै तीनजना बेपत्ता भएका थिए । हिलोमा पुरिएको अवस्थामा जीप र एकजनाको शव शनिबार नै भेटिएको थियो ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजेतिर बाढीले बगाएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १२:४६
प्रतिक्रिया दिनुहोस्