site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ललितपुरमा एनसेलको वृक्षरोपण

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले बिहीबार ललितपुर महानगरपालिका क्षेत्रमा वृक्षरोपण गरेको छ । त्यसक्रममा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्वोर कायुमोभले पनि वृक्षरोपण गरे ।

वृक्षरोपण कार्यक्रममा एनसेलका सीईओ जाब्वोरले ललितपुर महानगरसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वको काम गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।

SunilPradhan_ncell_tree_planting_12khariphoto-47-1695283084.jpg

मेयर महर्जनले एनसेलले विगत दुई वर्षदेखि आफ्नो सामाजिक उत्तरदायित्वको कार्यका लागि सहकार्य गर्दै आएको बताए । उनले यो कार्यलाई निरन्तरता दिन आग्रह गर्दै महानगरका तर्फबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उल्लेख गरे ।

थापाथली पुलभन्दा तल ललितपुर महानगरपालिका वडा नम्बर–१ को कार्यालयनजिक वाग्मती करिडोर सडकपेटीमा २०० भन्दा बढी बिरुवा रोपिएको हो । कम्पनीले आउँदा दिनमा यस किसिमका कार्य थप गर्दै जाने जनाएको छ ।

SunilPradhan_ncell_tree_planting_12khariphoto-48-1695283113.jpg

यही सेप्टेम्बर १७ मा एनसेल स्थापनाको १८ वर्ष पूरा गरेको अवसरमा प्यारालम्पिक खेलाडीलाई सहयोग गर्नेदेखि सातै प्रदेशमा अनुदान दिनेलगायत विभिन्न सामाजिक उत्तर दायित्वका कार्य घोषणा गरिएको छ ।

SunilPradhan_ncell_tree_planting_12khariphoto-45-1695283138.jpg

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro