
काठमाडौं । संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
नेम्वाङको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए । जेठो छोरा मेङ्सो र कान्छा छोरा सुहाङले दागबत्ती दिएका हुन् ।
नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । गएको मंगलबार बिहान हृदयाघातबाट उनको निधन भएको थियो ।
त्यसअघि, नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएका थिए । सभामुख, पूर्वसभामुख, मन्त्रीहरू, नेता–कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
थप तस्बिर हेर्नोस्–