site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा 
तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

काठमाडौं । संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएका छन् । बिहीबार पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् । 

त्यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए । पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

यस्तै, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलगायत विभिन्न पार्टीका नेता–कार्यकर्ता र विशिष्ट व्यक्तिले अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

गएको मंगलबार बिहान निधन भएका नेम्वाङको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro