site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुग्लिन–नारायणगढ सडकमा पुनः सवारीसाधन सञ्चालनमा

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः सवारीसाधन सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६, नाम्सी पुलनजिक सडकमा पहिरो खस्दा अवरुद्ध भएको बाटो खुलाइएको हो ।

आज बिहान सो स्थानमा सुक्खा पहिरो खसेको थियो । पहिरो पन्छाएर दुईतर्फी रूपमा यातायातका साधन सञ्चालन गराइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

“मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा पहिरोका कारण अवरुद्ध भएको सडक यातायात दुईतर्फी सञ्चालनमा आएको जानकारी गराउँछौँ,” सो कार्यालयद्वारा मंगलबार बिहान ९ बजे जारी सूचनामा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro