site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगमको न्यारोबडी जहाज ६४ दिनदेखि ग्राउन्डेड, इन्जिन मर्मतका लागि दिल्ली लैजाने तयारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज ग्राउन्डेड भएको ६४ दिन पुगेको छ ।

इन्जिनमा समस्या आएपछि निगमको न्यारोबडी नाइनएन–एकेएक्स लुम्बिनी जहाज ग्राउन्डेड भएको हो । उक्त जहाज जुन २० मा ग्राउन्डेड भएको थियो ।

Dabur Nepal
NIC Asia

निगमले जुलाई १८ र १९ मा जहाजको इन्जिन मर्मत तथा लिजको लागि फरक फरक सूचना जारी गरेको थियो । उक्त सूचनामा कुनै कम्पनीले पनि चासो नदिएपछि पुनः जहाज इन्जिन मर्मत र लिजको लागि टेन्डर आह्वान गरेको थियो ।

निगमले जुलाई २२ मा जहाजको इन्जिन मर्मत र लिजको लागि पुनः टेन्डर आह्वान गर्‍यो । उक्त टेन्डरको हालसम्म टुंगो लाग्न सकेको छैन । उक्त टेन्डर प्रक्रिया अगष्ट अन्तिमसम्म निर्णय हुने प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

इन्जिन मर्मतको लागि एक हप्ता भित्रै दिल्ली पठाउने तयारी भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

“जहाजको मर्मतको कामका लागि अन्तिम प्रक्रियामा छ । हामीले अगष्ट अन्तिम सातासम्ममा जहाज मर्मतको लागि दिल्ली पठाउछौँ,” प्रवक्ता पौडेलले भने, “सेप्टेम्बर पहिलो साता जहाज मर्मत भएरपनि उडानमा आउँछ ।”

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro