site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
फाइल तस्बिर

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

साउन १० गतेयता प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध गर्दै आएको छ । ब्रेक–सु मा राखेर भित्र्याइएको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको छ ।

त्यसमा सरकारले असहमति राख्दै नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा सीआईबीमार्फत नै अनुसन्धान अघि बढाउने भन्दै राज्यका निकायमाथि अविश्वास नगर्न गृहन्त्री नारायणकाजी श्रेष्ठले आग्रह गरेका छन् ।

सुरुमा राजस्व अनुसन्धानले हेरेको सुन काण्डको अनुसन्धान पछि सीआईबीलाई दिइएको थियो । तर, एमालेले भने गृहमन्त्री श्रेष्ठमाथि नै अनुसन्धान आवश्यक भएकाले सीआईबीले गर्न नसक्ने बताउँदै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०६:२२
प्रतिक्रिया दिनुहोस्