site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया सही भएन : उजुरीकर्ता

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिएका अधिवक्ता शान्तिकुमार (एसके) तिमल्सिनाले नियुक्ति प्रक्रिया सही नभएको बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा उपस्थित उनले सो निर्णय गैरकानुनी भएको जिकिर गरे ।

तर, श्रेष्ठविरुद्ध आफ्नो उजुरी नरहेको उनले स्पष्ट पारे । संवैधानिक परिषद्ले विधि र प्रक्रिया मिचेको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“यो निर्णय गैरकानुनी हो । नियुक्ति प्रक्रिया सही भएन,” उनले भने, “उहाँ नियुक्त हुनु भएन भनेको छैन ।”

संवैधानिक परिषद्ले काम गर्न कानुनी रिक्तता रहेको उनले बताए । “मैले ११ पाना निवेदनमा लेखेको छु । संवैधानिक परिषद्ले काम गर्न कानुनी रिक्तता छ । यससम्बन्धी ऐन संसद्मा दर्ता छ, विचाराधीन छ,” उनले भने, “यो अवस्थामा प्रधानन्यायधीश कसरी नियुक्त हुन्छ ?”

आफूले व्यक्तिको विरोध नगरेको उनले उल्लेख गरे । “व्यक्तिका विषयमा मेरो चिनचान, लेनदेन केही छेन । उजुरीमा उहाँबारे कतै मैले लेखेको छैन,” उनले भने, “कानुन किन पालना हुँदैन ?” 

राज्यले गर्ने हरेक काम कानुनानुसार हुनुपर्नेमा उनले जोड दिए । “व्यक्ति स्वेच्छाचारी हुनु हुँदैन । लोकतन्त्रमा विश्वास गर्ने भए कानुन, नियमबमोजिम काम गर्नुपर्छ,” उनले भने ।

उनले समितिमा आफू विधिको कुरा गर्न आएको बताए । “यसरी नियुक्त भएको प्रन्याप्रति, कानुनप्रति कसरी विश्वास गर्ने ? सुशासन हुन्छ ?,” उनले प्रश्न गरे ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएका व्यक्तिहरूसित संसदीय सुनुवाइ समितिमा छलफल जारी छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro