site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिगो विकासका लक्ष्य हासिल गर्न कटिवद्ध छौँ : उपाध्यक्ष श्रेष्ठ
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागेको बताएका छन् । उनले सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको बताए ।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघको आयोजनामा काठमाडौंमा भएको कार्यशालामा उपाध्यक्ष डा. श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कटिवद्ध भएर काम गरिरहेको बताएका हुन् । 

दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भूमिका अग्रणी रहने उनले बताए । दिगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालयलगायतका निकायद्वारा गरिँदै आएको उनको भनाइ छ ।

दिगो विकासका लक्ष्य प्राप्तिका लागि संस्थागत रुपमा संयन्त्र बनाएको उनको भनाइ छ । सरकारले उत्पादन, रोजगार, कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro