site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्रोकर कमिसन परिमार्जन गर्ने बोर्डको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) कम्पनीले हाल लिँदै आएको कमिसन परिवर्तन गर्न छलफल थालेको छ । बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार अहिले ब्रोकरहरूले लिँदै आएको कमिसनमा परिमार्जन गर्ने तयारी भइरहेको छ ।

“ब्रोकर कमिसन पुनरवलोकन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । तर, यो नै गर्ने भन्ने निष्कर्ष निस्किएको छैन,” प्रवक्ता श्रेष्ठले भने, “नियमावलीमा परिवर्तन गर्नुपर्छ । त्यो वैज्ञानिक तरिकाले गरिने छ । समयसापेक्ष बनाइने छ । अहिले यतिमात्र बुझ्नुहोस् ।”

हाल ब्रोकरहरूले ५० हजार रुपैयाँको कारोबार गर्दा ०.४ प्रतिशत कमिसन लिँदै आएका छन् । त्यस्तै, एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिसन लिँदै आएका छन् । त्यस्तै, ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन दिँदै आएका छन् । यसका साथै पाँच लाखदेखि २० लाखसम्म ०.३४ प्रतिशत र २० लाखदेखि एक करोड रुपैयाँसम्म ०.३ प्रतिशत कमिसन लिँदै आएका छन् ।

बोर्डले आफूसँग भएका तथ्यांकलाई केलाएर मात्र वैज्ञानिक ढंगले ब्रोकर कमिसन परिमार्जन गर्नुपर्ने स्टक ब्रोकर एसोसिसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा बताउँछन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro