site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडीपी नेपाल प्रतिनिधिबीच भेटवार्ता 

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र यूएनडीपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो । 

भेटमा नेपाल प्रतिनिधि लाबेले आयोगले तयार गर्दै गरेको १६औँ योजनाको बारेमा चासो राखिन् । उनले राख्दै १६औँ योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा यूएनडीपी सहयोग गर्न तयार रहेको बताएकी छन् । 

आयोगका उपाध्यक्ष श्रेष्ठले यूएनडीपीले नेपालका लागि पुर्‍याउँदै आएको सहयोगका लागि धन्यबाद दिँदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको बताए । १६औँ योजना यसअघिको भन्दा फरक हुने बताउँदै उपाध्यक्ष श्रेष्ठले १६औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष्य र रणनीतिक लक्ष्यका विषयमा जानकारी दिए । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा. नारायण पौडेललगायतका अधिकारीहरूसमेत सहभागी थिए । 

भेटमा आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने दिगो विकास सम्मेलनको तयारी, नेपालको ‘ग्लोबल एसेलेरेटर अन जब एन्ड सोसियल प्रोटेक्सनको पाथफाइन्डर कन्ट्रीका रूपमा सहभागिता, वातावरण वित्त परिचालन, खाद्य प्रणालीलगायतका विषयमा आयोग र यूएनडीपीबीचको साझेदारी एवं सहकार्यका सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro