site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ४१ अंकले बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । निरन्तर तीन दिन घटेको नेप्से आज ४१.०६ अंकले बढेर २०६०.९१ को विन्दुमा पुगेको छ ।

आज २६५ धितोपत्रको ५० लाख १० हजार ७१६ कित्ता सेयर एक अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँमा कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.९४ प्रतिशतले बढेर ३९३.०५ को विन्दुमा पुगेको छ ।

आज १३ वटा उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढको छ । आज ट्रेडिङ उपसमूहको समूहगत सूचक सर्वाधिक ३.६२ प्रतिशतले बढेको छ । आज म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक ०.४१ प्रतिशतले घटेको छ ।

आज हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशतले बढेर प्रतिकित्ता ६५९ रुपैयाँ कायम भएको छ । सेन्चुरी डिबेन्चर २०८८ को सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro