
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् नचल्ने तर बार्गेनिङ चल्ने बताएका छन् । शीर्ष नेताको बैठकप्रति लक्षित गर्दै उनले संसद् बन्द गरेर बार्गेनिङ चल्नु दु:खद् भएको बताए ।
सामाजिक सञ्जालमार्फत उनले वर्षौँदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको छ भन्ने आफूले बुझ्दै गएको बताए । जनसरोकारका कयौँ मुद्दामा छलफल र निर्णय गर्नुपर्ने समयमा संसद् नचल्नु दु:खद् भएको उनको भनाइ छ ।
"वर्षौँदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दै छौँ । कयौं कानुन बनाउनु पर्नेछ, कयौँ कानुनमा संशोधन छ्न्," उनले लेखेका छन्, "जनसरोकारका कयौँ मुद्दामा छलफल र निर्णय गर्नुछ । तर संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दु:खद् ।।"