site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारी वर्षाका कारण यी क्षेत्रमा सतर्क रहन आग्रह
प्रतीकात्मक तस्बिर

काठमाडौं । देशका विभिन्न भू–भागमा गएराति भारी वर्षा भएको छ । नवलपरासीको परासी, रूपन्देहीको तिलोत्तमा, कास्कीको ज्यामिरेबारी, सिकलेश, लुम्ले र आसपास भारी वर्षा भएको छ । 

उक्त जिल्ला तथा आसपास भएर बहने स–साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले ६ घण्टा सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुममान महाशाखाले जनाएको छ । 

झापाको बुधबारे, शनिश्चरे, विर्तामोड र आसपासमा पनि भारी वर्षा मापन भएको छ । उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेको छ । त्यसैले विरिङ, अदुवाखोलालगायत आसपासका खोलामा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro