राजनीति

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज बस्दै छ । परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ ।
संवैधानिक परिषद्को आजको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते (चार दिनपछि) सकिँदै छ ।
बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० ०८:२२
प्रतिक्रिया दिनुहोस्