site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि ट्रेकिङ गाइड तालिम

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई ट्रेकिङ गाइड तालिम प्रदान गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपीद्धारा संयुक्तरूपमा सञ्चालित परियोजना जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

Dabur Nepal
NIC Asia

३५ दिनसम्म चलेको तालिममा २५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको सहभागिता रहको बोर्डले जनाएको छ । तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि संचालित यो कार्यक्रम आफैँमा ठूलो सन्देश भएको बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको जानकारी दिए ।  

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन राईले यो तालिमले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि रोजगारीको नयाँ अवसर खोल्ने अपेक्षा गरिएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro