site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसियाली फुटबल क्रान्तिको नेतृत्व गर्दै रोनाल्डो
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अल नासरबाट साउदी अरेबियन लिगको यात्रा सुरु गरेपछि मध्यपूर्वमा अवस्थित यो देशको फुटबल अहिले युरोप र विश्वभर चर्चाको विषय बनेको छ । अल नासर साउदी लिगमा बलियो प्रतिस्पर्धा रहेको शीर्ष चार क्लबमध्येको एक हो । जसमा नासरसँगै रियाद आधारित अर्को क्लब अल हिलाल, जेदाह जायन्ट्स अल–इतिहाद र अल–अह्ली छन् ।

“विश्वभर फैलिएको ‘द येलो’ हेर्दा मलाई धेरै सन्तोषजनक र रमाइलो लाग्छ । तर म स्थानीय लिगप्रति बफादार महसुस गर्छु,” नासर प्रशंसक जाना मोहम्मद भन्छन्, “एकपछि अर्को गर्दै खेलाडीहरुले साउदी अरेबियन क्लबसँग सम्झौता गरेको देख्दा यसले मलाई निकै उत्साहित बनाउँछ । हाम्रो लिगमा यस्तो सक्षमतालाई हेर्न पाउनु निकै आनन्ददायी अनुभव हो ।”

एन्गोलो कान्टे, करिम बेन्जेमा र जोटाजस्ता क्षमता लिग च्याम्पियन इत्तिहादसँग जोडिएका छन् । जहाँ उनीहरुले प्रशिक्षक नुनो इस्पिरिटो सान्टोसँग सहकार्य गर्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

benzema1689878070.png

साउदी प्रो लिगको उपाधि १८ पटक जितिसकेको अल–हिलालले कालिडोउ कौलीबाली, रुबेन नाभेस र सर्जेज मिलिन्कोभिच–साभिचलाई अनुबन्ध गरेको छ । अल–हिलाल त्यही क्लब हो, जसले लियोनल मेसी र फुलहका एलेक्सान्डर भिट्रोभिचलाई समेत सम्झौताका लागि प्रस्ताव गरेको थियो ।

Global Ime bank

kaulibali1689878073.jpg

यस्तै, रोबर्टो फिर्मिन्हो र इडोर्ड मेन्डीले अल–अह्लीको खेलाडी बन्न प्रिमियर लिग छोडे । अल–अह्लीमा चाँडै नै म्यानचेस्टर सिटीका रियाद महरेज पनि जोडिँदै छन् । यसैकारण अगस्टदेखि नयाँ सिजन सुरु हुनुअघि साउदी लिगप्रतिको अपेक्षाहरु निकै बढेको छ ।

“नयाँ सिजन धेरै ठूला फुटबल नामहरूको साथ बलियो हुने स्पष्ट छ । जुन पक्कै पनि हाम्रा लागि थप उत्कृष्ट हुनेछ,” अल–हिलालका प्रशंसक आयमान अल–हतामी थप्छन्, “अल–हिलालले गरेको नयाँ सम्झौताबाट हामी खुसी छौँ । हामी थप बलियो र उत्कृष्ट स्थान बनाउनेछौँ भन्ने आकांक्षा छ । सदाझैँ, सबैखाले प्रतियोगिताका लागि हामी पहिलो दाबेदार हौँ ।”

साउदी प्रो लिग विश्वकै उत्कृष्ट पाँचमध्ये एक बन्नेबारे रोनाल्डो कुरा गरिसकेका छन् । तर, यो केही बहसपूर्ण रहे पनि खेलाडी प्रोफाइलका आधारमा यो मध्यपूर्व र एसियाकै सबैभन्दा ठूलो लिग बन्दै छ ।

“युरोपले धेरै प्रतिभाहरु गुमाएको छ,” केही दिनअघिमात्र पोर्चुगलका कप्तानले भनेका थिए, “राम्रो रहेको एकमात्र लिग भनेको प्रिमियर लिग हो । स्पेनिस लिगले आफ्नो स्तर गुमाएको छ । पोर्चुगलको लिग शीर्ष स्तरमा छैन । जर्मनीको लिगले पनि धेरै प्रतिभाहरु गुमाएको छ ।”

उनी थप्छन्, “अमेरिकाभन्दा साउदीको च्याम्पियनसिप धेरै राम्रो छ । एक वर्षमा धेरैभन्दा धेरै खेलाडीहरु साउदी आउनेछन् । अबको एक वर्षमा साउदी लिगले टर्किस र डच लिगलाई पछि पार्नेछ ।”

मध्यपूर्व र उत्तर अफ्रिकामा प्रभाव

देशको सार्वजनिक लगानी कोषले जुनमा अधिग्रहण गरेपछि साउदी अरेबियाका चार ठूला टोलीहरू लामो समयदेखि क्षेत्रीय र महाद्वीपीय आधारमा बलियो वित्तीय शक्तिक्लब हुन् । हालैमात्र १६ बाट १८ पुगेका क्लबसँग अरबका कुनै पनि टिमविरुद्ध बलियो प्रतिद्वन्द्वीता प्रस्तुत गर्न सक्ने क्षमता छ ।

रेन्जर्स र एस्टोन भिल्लाका पूर्वप्रशिक्षक स्टेभन जेरार्डले मध्य वरीयताको क्लब इत्तिफाकको प्रशिक्षणको जिम्मेवारी लिएका छन् । इत्तिफाक लिभरपुलका कप्तान जेरार्ड हेन्डरसनसँग पनि जोडिएको रिर्पोटहरु सार्वजनिक भएका छन् । र, जेरार्ड हेन्डरसनलाई विश्वकै सबैभन्दा राम्रो पारिश्रमिक पाउने खेलाडी बनाउन तयार छन् ।

इत्तिफाकको आकर्षक प्रस्तावले लिभरपुलका कप्तानलाई लोभ्याउँछ भने यो मध्यपूर्व र उत्तर अफ्रिकाको अरु क्लबहरुका लागि कडा वास्तविकता बन्नेछ । इजिप्टका अल–अह्ली र जमालेकले संयुक्त रुपमा १६ पटक महादेशीय प्रतियोगिताको उपाधि जितेका छन् । यस्तै, मोरक्कोको विदान सकाब्लान्कासँगै ट्युनिसिया र अल्जेरियन क्लबहरुलाई पनि समर्थकहरुले राम्रो साथ दिएका छन् ।

तर, उनीहरुले पनि साउदी क्लबहरुसँग आफ्नो ठूलो नामहरु गुमाइरहेका छन् । इजिप्टका अहमेद हेगाजी र टरेक हमेद अल इत्तिहाद गएका छन् । मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रकै ठूलो नाममध्येका अल्जेरियन महारेज र मोरक्कोका हाकिम जियाच पनि साउदी क्लबसँगको सम्झौता नजिक छन् ।

युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारका क्लबहरुले यसअघि ठूलो नाम भित्र्याएका थिए । तर, उनीहरुसँग उस्तै क्षमता भएका साउदीका चिर–प्रतिद्वन्दी र अन्य क्लबहरुको जस्तो समर्थकको साथ छैन ।

al nassr fan1689878074.jpg

साउदी लिगले एसियामा बर्चस्व बनाउला ?

साउदी अरेबियाले ६ पटक फिफा विश्वकप खेलेको छ । र, दुईपटक एसिया कपको उपाधि जितेको छ । यस्तै, साउदीका क्लबहरुले ६ पटक एसियन च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यसैकारण, साउदी अरेबिया सधैँ क्षेत्रीय र महादेशीय ‘पावरहाउस’को रुपमा परिचित छ ।

र, पछिल्लो समय देशले फुटबलमा बढाएको आर्थिक शक्तिले साउदी अरेबियालाई झनै माथिल्लो र फरक स्तरमा पुर्याएको छ ।

उपाधिका आधारमा दक्षिण कोरियाको के–लिग एसियाकै सबैभन्दा सफल लिग हो । तर, दक्षिण कोरियाका ठूला टिमहरु उल्सान हुन्डाई होरान्गी, जेअनबुक हुन्डाई मोटर्स र सुवोन सामसङ ब्लुविङ्ससँग पनि ठूला विदेशी खेलाडी अनुबन्ध गर्न कहिल्यै पर्याप्त आर्थिक स्रोत पुगेन ।

चीनको लिगले गएको दशकमा ठूलै तरंग ल्याउँदै ठूला ‘हेडलाइन’ बनेको थियो । तर, खर्चको हिसाबले प्रिमियर लिगलाई टक्कर दिने चीनको दिनहरू सकिएका छन् र हाल ती चीनका क्लबहरू अस्तित्व जोगाउनमा बढी केन्द्रित छन् ।

प्रदर्शनका आधारमा एसियाकै सर्वोत्कृष्ट लिग बन्न जापान साउदी अरेबियाको प्रतिद्वन्द्वी बनेको छ । तर, जापानी लिग पनि ठूला खेलाडी भित्र्याउन पछि पर्दै गइरहेको छ ।

अहिले साउदीसँग रहेको जस्तो ठूलो आर्थिक स्रोत र महत्वाकांक्षा एसियाका कुनै पनि लिगमा थिएनन् ।

ronaldo1689878070.png

वर्षौँ लाग्न सक्ने काम रोनाल्डोले गरे

ठूला खेलाडीहरुले आफूसँगै क्षमतामात्र ल्याउँदैनन्, उनीहरुको आगमनसँगै समर्थकको संख्या, ब्रोडकास्ड सम्झौता, प्रायोजन र सामग्री बिक्री र लगानीमा पनि उल्लेख्य वृद्धि हुन्छ ।

साउदी अरेबियाको लक्ष्य सन् २०३० सम्म आर्थिक फाइदाका आधारमा विश्वकै १० उत्कृष्ट लिगमध्ये पर्नु हो । यसमा अहिलेदेखि नै सकारात्मक आर्थिक लक्षणहरु देखिएका छन् ।

अल नासरले जर्सीका लागि नाइकसँग सम्झौता गरेको छ । गत नोभेम्बरसम्म क्लबको आधिकारिक वेबसाइटमा १० हजार मानिसहरुले सामग्री खरिदका लागि ‘भिजिट’ गरेका थिए । तर, रोनाल्डोलाई अनुबन्ध गरेपछि जनवरीमा यो संख्या तीन लाखमा पुगेको थियो ।

“हामीले गत सिजनदेखि अल नासरको जर्सी धेरै देखिरहेका छौँ र यो अझै बढ्दो छ,” मोहम्मद भन्छन्, “बजार प्रबद्र्धकहरुको वर्षौँको मेहनत र धेरै उपाधि जितिसकेपछि मात्र प्राप्त हुने चर्चा रोनाल्डोका कारण केही समयमा नै पाएको छ ।”

उनी थप्छन्, “हामीले सोमबार सेल्टा भिगोविरुद्ध खेलेका थियौँ र त्यहाँ धेरै समर्थकहरु रोनाल्डोको नाम लेखिएको नासरको जर्सी लगाएर आएका थिए । यो सबै ब्रान्डको विस्तार हो । सुधारको लक्षण हो ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement