site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकारविरुद्धको रिट सुनुवाइ सकियो, आदेश आजै आउने

काठमाडौं । कोसी सरकारविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमा आजै आदेश आउने तयारी रहेको छ ।  यसअघि तीनपटक सुनुवाइ तोकिएको भएपनि हेर्न नभ्याउने हुँदै स्थगीत भएको थियो । आज न्यायाधीश मल्लको इजलासमा सुनुवाइ भएको छ ।

गएको बिहीबार सभामुख समेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो । कोसीका निर्वतमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत सरकार गठन भएको भन्दै रिट दायर गरेका हुन् ।

रिटमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्ति गर्ने निर्णय अन्तरिम आदेश जारी गरी कार्यन्वयन नगर्न माग गरिएको छ ।

रिटमा कोसी प्रदेशका मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङग र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro