site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनको गतिरोध अन्त्य गर्न सभामुखले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाए
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सदनको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गर्दै छन् । सभामुखको सचिवालयले दिएको जानकारीअनुसार अहिले केहीबेरमा छलफल सुरू हुनेछ ।

सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । छलफल सभामुखको कार्यकक्ष बानेश्वरमा हुनेछ ।

प्रतिनिधिसभा बैठक विगत चार दिनदेखि चल्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा पुस्तक विमोचन कार्यक्रममा भारतको चासोमा नेपालमा सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि एमालेले सदन अवरोध गर्दै आएको छ ।

उक्त गतिरोध अन्त्य गर्न आजै प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा संवाद भएको छ । प्रधानमन्त्री प्रचण्डले सभालाई सम्बोधन गर्ने र सदन चलाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

यही छलफलका कारण दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री प्रचण्डको टेलिफोनपश्चात् सभामुख घिमिरेले ३ बजेका लागि सारेका छन् ।

त्यसअघि, सभामुख घिमिरेले प्रमुख सचेकतहरूलाई बोलाएर बैठक चलाउने विषयमा छलफल गर्न लागेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro