
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं ऊर्जामन्त्री शक्ति बस्नेतले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय नबुझी राजीनामा माग गर्नु र संसद् अवरुद्ध गर्नु संसदीय मर्यादाविपरीत रहेको बताएका छन् ।
बुधबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको आशय बुझ्न संसद्ले आवश्यक ठाने प्रधानमन्त्रीसँग बुझ्ने अधिकार संसद्ले राख्ने भए पनि आशय नै नबुझी राजीनामा माग गर्नु र संसद् अवरुद्ध गर्नु संसदीय मर्यादाविपरीत रहेको बताए ।
उनले संसदीय प्रक्रियालाई नै छाडेर संसद् अवरुद्ध गर्नु उचित नभएको उल्लेख गरे । प्रधानमन्त्रीले आफ्नो कुरा नभनेको र प्रितम सिंहले ठिक गर्नुभयो भनेर नभनेको भन्दै यसलाई अतिरञ्जित गर्न आवश्यक नरहेको उनको भनाइ छ ।
उहाले व्यक्तिगत रुचि र शुभेच्छालाई लिएर विवाद गनुपर्ने कारण नै नरहेको बताए ।