site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पानी नपर्दा गत वर्षको तुलनामा आधा रोपाइँ

काठमाडौं । समयमा पानी नपर्दा देशभर धान रोपाइँमा कमी आएको छ । गत वर्षको असार १५ गतेसम्म धान रोपाइँ हुने क्षेत्रमध्ये २५ प्रतिशत रोपाइँ भएको थियो ।

तर, यो वर्षको असार १५ गतेसम्म १२ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । “गत वर्षको यो अवधिमा २५ प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्ष ढिला वर्षा सुरु भएकाले रोपाइँ १२ प्रतिशतमात्र भएको छ,” उनले भने, “अब पानी पनि पर्न थालेको छ । रोपाइँ हुने क्रम बढ्दै जान्छ ।”

प्रि–मनसुन ढिला हुँदा पनि रोपाइँ कम भएको उनको भनाइ छ । यो वर्ष मलको उपलब्धता सहज भएकाले पनि रोपाइँ नरोकिने सञ्जेलले बताए ।  उनले कृषकले उन्नत जातको धानको बिउ लगाउने क्षेत्रफल बढ्दै गएको बताए ।

यो वर्ष तराईमा सबैभन्दा कम क्षेत्रमा धान रोपाइँ भएको छ । गत वर्ष यो अवधिमा तराईमा ११ प्रतिशत धान रोपाइँ भएकोमा चालु वर्षमा तीन प्रतिशतमात्र धान रोपाइँ भएको मन्त्रालयले जानकारी दिएको छ ।  यो वर्ष सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको छ । यी दुई प्रदेशमा २३ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष सुदूरपश्चिम प्रदेशमा यो अवधिमा ४३ प्रतिशत धान रोपाइँ भएको थियो ।

Dhan 151688114872.png

मन्त्रालयका अनुसार कोसी प्रदेशमा गत वर्ष र यो वर्षको धान रोपाइँ औसत रहेको छ । गत वर्षको असार १५ गतेसम्म १८ प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्षको सोही अवधिमा १७ प्रतिशत धान रोपाइँ भएको छ ।

वाग्मती प्रदेशमा यो वर्ष पाँच प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत वर्ष यो प्रदेशमा ३८ प्रतिशत धान रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा यो वर्ष सात प्रतिशत रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा यो प्रदेशमा ३४ प्रतिशत धान रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा यस वर्ष ११ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्षको सोही अवधिमा भने यो प्रदेशमा ३३ प्रतिशत धान रोपाइँ भएको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro