site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राइम बैंकको सहकार्यमा फोनपेले जिरीमा गर्‍यो 'डिजिटल साक्षरता कार्यक्रम'

काठमाडौं । फोनपेले प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन कार्यक्रम गरिएको फोनपेले जनाएको छ ।

सुरक्षित एवं सहज तरिकाबाट रकम स्थानान्तरण गर्न, डिजिटल ठगी हुनबाट बच्न एवं अन्य सुरक्षाको उपायहरु अबलम्बन गर्न जस्ता विभिन्न पक्षहरुलाई समेट्दै जिरीमा यो साक्षरता कार्यक्रमको आयोजना गरिएको फोनपेको भनाइ छ ।

फोनपेको आयोजना तथा प्राइम कमर्सियल बैंकको सहकार्यमा सञ्चालित साक्षरता कार्यक्रमको उद्घाटन समारोहमा जिरी नगर प्रमुख मित्रबहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी, दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, नेपाल राष्ट्र बैंकका डाइरेक्टर कृष्णराम धोजूलगायतको सहभागिता रहेको थियो ।

यस्तै, कार्यक्रममा उद्योग वाणिज्य संघ जिरीका बाबुराजा श्रेष्ठ, जिरीका प्रहरी निरीक्षक विष्णुबहादुर वस्नेत, तारा दल गणका प्रमुख शेरबहादुर वस्नेत,  प्राइम कमर्सियल बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठ, फोनपेका चिफ बिजनेस अफिसर सुमित दास, प्राइम कमर्सियल बैंकका सहायक महाप्रबन्धक सुरेशमान सिंह तथा फोनपेका बिजनेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro