site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टेकनाथ रिजालका कानुन व्यवसायीको तर्क– उमेर र अवस्थाका कारणले थुन्नु राम्रो होइन
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस चलिरहेको छ । थुनछेक बहसमा बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजालका वकिलको पालो परेको छ ।

उनको तर्फबाट बहस गर्ने वकिलहरुले रिजालले भुटानी शरणार्थीकै अधिकारका लागि राजाको सल्लाहकार जस्तो पद छोडेर हिँडेको व्यक्ति भएको भन्दै केही लाखका लागि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोड्नु उपयुक्त नहुने दाबी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“रिजाल राजाको सल्लाहकार समितिको मान्छे, उहाँ नेपालको कानुनअनुसार केवल एक शरणार्थी हो । नेपाल सरकारलाई सहयोग गरेबमोजिम उहाँलाई सरकारले सुविधा दिएको थियो,” अधिवक्ता राजकुमार सुवालले भने, “उहाँले एक लाख बढी शरणार्थीलाई समस्या समाधान महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।”

उनले यति ठूलो योगदान गरेका व्यक्तिलाई ठगी प्रकरणमा जोड्नु गलत भएको दाबी गरे । अधिवक्ता सुवाले उमेर र अवस्थाका कारण पनि टेकनाथ रिजाललाई थुनामा पठाउनु उपयुक्त नहुने दाबी गरे ।

Global Ime bank

“उहाँको ७५/७६ वर्षको श्रीमती एक्लै हुनुहुन्छ । उहाँले आफ्नो बयानमा पनि भन्नुभएको छ  कि कानुनबमोजिम नै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाए केही नगर्ने तर, पैसा उठाएर भुटानी शरणार्थीलाई दुःख दिनेगरी कुनै कार्यमा सहयोग गर्दिनँ,” सुवालले भने, “बयानमा उहाँले प्रधानमन्त्रीसमेतलाई भेटेको बताउनुभएको छ ।”

सुवालले रिजालले नक्कली भुटानी शरणार्थी प्रकरण रोक्न प्रहरीमा उजुरीदेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गराए पनि अन्त्यमा उनलाई फसाइएको दाबी गरे ।

“उहाँले बयानमा प्रधानमन्त्री भेटेको बताउनुभएको छ । तर, शेरबहादुुर देउवालाई भेटेको खुलाउन विर्सनुभएको छ,” अधिवक्ता सुवालले भने, “रामशरण केसीले भुटानी शरणार्थी शिविरमै विदेश पठाउने भनेर उठाएको पैसा असुल गर्न प्रहरीमा उजुरी दिनुभएको छ ।”

अधिवक्ता सुवालले उजुरीसमेत इजलासमा पेस गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement